हाम्रो शारीरिक र आत्मिक दुवै जीवनमा सधैँ धेरै बाधा र कठिनाइहरू आइपर्छन् । विगतमा इस्राएलीहरूले पानी र खानेकुरा नभएको मरुभूमि, दैत्यजस्ता मानिसहरू बसोबास गर्ने कनानको भूमि जस्ता ठूला परीक्षाहरूको सामना गर्नुपर्दा, यहोशू र कालेबले परमेश्वरमा मात्र आशा राखे । उनीहरूले जस्तै हामीमा पनि कठिनाइको बीचमा परमेश्वरले खोलिदिनुभएको आशाको ढोका देख्न सक्ने विश्वास आवश्यक पर्छ ।
येशूज्यू क्रूसमा टाँगिनुहुँदा निराश भएका सुरुको मण्डलीका सन्तहरूका निम्ति परमेश्वरले येशूज्यूको पुनरुत्थान र उहाँ स्वर्ग उचालिनुभएको घटनाद्वारा स्वर्ग-राज्यको आशाको ढोका खोलिदिनुभयो, अनि रातभरि कत्ति पनि माछा पक्रिन नसकेका पत्रुसलाई उहाँको वचनअनुसार गर्दा चमत्कार देख्ने गराइदिनुभयो । त्यसरी नै, वर्तमान समयमा पनि “सुसमाचार सारा संसारमा प्रचार गरिनेछ” भन्ने आन साङ होङज्यूको वचन निश्चय नै पूरा हुनेछ ।
हे परमप्रभु, मेरो जीवनको अन्त देखाउनुहोस् । मेरो जीवनका अब कति दिन बाँकी छन्, र मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्न दिनुहोस् । ... अब हे परमप्रभु, म केको निम्ति प्रतीक्षा गर्दछु ? मेरो आशा त तपाईंमा नै छ । भजनसंग्रह ३९:४-७
तर आखिरसम्म स्थिर रहनेचाहिँ बचाइनेछ । अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ । मत्ती २४:१३-१४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति