यहोशू र कालेबले परमेश्वरको प्रतिज्ञाप्रति दृढ विश्वास लिए ।
तसर्थ परमेश्वरले प्रतिज्ञा गर्नुभएको कनानमा
दैत्यजस्ता मानिसहरू भए तापनि परमेश्वरले त्यो भूमि
निश्चय नै दिनुहुनेछ भन्ने कुरामा तिनीहरू विश्वस्त थिए ।
जसरी कालेब ८५ वर्षको उमेरसम्म पनि
प्रतिज्ञाको भूमि कब्जा गर्न हिचकिचाएनन्,
त्यसरी नै वर्तमान युगका हामीले पनि यहोशू र
कालेबको जस्तै विश्वास लिएर स्वर्गको आशा लिनुपर्छ ।
परमेश्वरले यहोशू र कालेबलाई कनानको यात्रामा साथमा दिनुभएजस्तै,
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले पनि
परमेश्वरको मण्डलीको सुसमाचारलाई विश्वभरि तीव्र गतिमा
फैलाउने सबै बाटोहरू खोलिदिनुभएको कुरा हामी महसुस गर्न सक्छौं ।
अनि यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक गणना भएको
र मेरो विरुद्धमा गनगनाउने बीस वर्षदेखि उँभोको कोही पनि
वासको निम्ति दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गरेको
देशमा जान पाउनेछैन ।
गन्ती १४:३०
परमप्रभुका दास मोशाको मृत्युपछि, मोशाका सहायक
नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो,
“… बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका
पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश
तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस् ।
… परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ ।”
यहोशू १:१-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति