अदृश्य समयलाई देख्न सक्नको निम्ति घडीहरू आविष्कार गरिएजस्तै,
अदृश्य आत्मिक संसारमा पनि स्वर्ग जाने कि नरक जाने भन्ने फैसला बाइबलद्वारा देख्न सकिन्छ ।
ज्योतिको रूपमा आउनुभएका येशूज्यू मल्कीसेदेकको दर्जाअनुसार आउनुभएकोले
उहाँको अनुसरण गर्ने परमेश्वरको मण्डलीका सन्तहरूले पनि
नयाँ करार निस्तार-चाड मानेर उहाँको शिक्षालाई पछ्याउँछन् ।
२,००० वर्षअघि मुक्तिदाताको रूपमा शरीर धारण गरी आउनुभएका
येशूज्यूलाई विश्वास गर्ने र विश्वास नगर्ने गरी दुई समूहका मानिसहरू थिए ।
पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका
आन साङ होङज्यू र माता परमेश्वरलाई विश्वास गर्ने
समूह र विश्वास नगर्ने समूह छन् ।
तिनीहरूको विश्वासको आधारमा परमेश्वरले
इन्साफ पहिल्यै निर्धारण गरिसक्नुभएको छ भनेर
बाइबलमा भनिएको छ ।
फैसलाचाहिँ यही हो: ज्योति संसारमा आएको छ,
र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए,
किनकि तिनीहरूका काम दुष्ट थिए ।
किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ,
र ज्योतिमा आउँदैन, नत्रता त्यसका काम प्रकट हुनेछन् ।
सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ, र यसरी
उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रस्टै देखिन्छ ।
यूहन्ना ३:१९-२१
जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं,
त्यो यही हो, कि परमेश्वर ज्योति हुनुहुन्छ,
र उहाँमा कत्ति पनि अँध्यारो छैन ।
१ यूहन्ना १:५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति