परमेश्वरले सम्पूर्ण मानव-जातिलाई स्वर्ग-राज्यमा गरेको
पापको पश्चात्ताप गर्न समय दिनुभयो, र साथै शरीरमा
आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरलाई
विश्वास गरी मुक्ति पाउन सक्ने मौका दिनुभयो ।
त्यसपश्चात् प्रत्येक व्यक्तिको कार्यअनुसार,
परमेश्वरले स्वर्ग जाने मानिस र इन्साफ भोग्ने
मानिसलाई छुट्ट्याउनुहुनेछ ।
इन्साफ भोग्ने मानिसहरूमध्ये चाहिँ गलत निर्णयद्वारा
येशूज्यूलाई बेचेका यहूदा इस्करियोतजस्तै मानिसहरू,
दुष्ट युक्तिद्वारा परमेश्वरका प्रजालाई मूर्तिपूजा गर्न लगाएका
बालामजस्तै अगमवक्ता र आहाब राजा र ईजेबेलले
नाबोतको दाखबारी दखल गरेझैँ आइतबारको सेवा
र क्रिसमसजस्ता विधिद्वारा सूर्य-देवतालाई पुज्दै
परमेश्वरको सत्यतालाई नष्ट गरेका मानिसहरू पर्दछन् ।
“हेर, यिनीहरूले नै बालामको युक्तिद्वारा इस्राएलीहरूलाई
पोरमा परमप्रभुको विरुद्धमा अपराध गर्न लाएका थिए ।
यसैले समुदायको बीचमा विपत्ति पनि आएको थियो ।”
गन्ती ३१:१६
“तर तिमीहरूका विरुद्धमा मसँग केही कुराहरू छन्,
किनभने तिमीहरूसँग यस्ता कोही-कोही छन्, जसले
बालामको शिक्षा मान्छन् । इस्राएलीहरूका अगाडि
ठोकरको कारण बनून् भनी मूर्तिहरूलाई चढाएको भोजन
खान र व्यभिचार गर्न बालामले बालाकलाई सिकाए ।”
प्रकाश २:१४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति