राजा आसा र राजा यहोशापातले परमेश्वरका विधि र व्यवस्था भक्तिसाथ पालन गरे, सबै मूर्तिहरू भत्काइदिए, र परमेश्वर साथमा रहनुहुँदासम्म सबै कुरा राम्रो हुनेछ भन्ने अटल विश्वासका साथ आफ्ना प्रजा र देशमाथि राज्य गरे । त्यसको परिणामस्वरूप, परमेश्वरले उनीहरूको देशमा शान्ति प्रदान गर्नुभयो, अनि उनीहरूलाई प्रशस्त आशिष् र महिमा दिनुभयो ।
बाइबलमा अभिलेख गरिएको इतिहासद्वारा परमेश्वरले मानवजातिलाई उहाँको आशिष् पाउने बाटो देखाइदिनुभएको छ । आसाले आफ्नो शासनकालको पछिल्ला वर्षहरूमा गरेझैँ, परमेश्वरलाई नखोजी शक्तिशाली देशहरूसँग सहायता माग्ने पाप हामीले गर्नुहुँदैन । यहोशापातले गरेझैँ, हामीले खराब काम गर्ने मानिसहरूको सङ्गत गर्ने वा तिनीहरूसँग मिलेर कुनै कामको योजना बनाउने गर्नुहुँदैन । यदि हामीले परमेश्वरलाई बिर्सेर वरिपरिका मानिसहरू र परिस्थितिमा भरोसा गऱ्यौं भने उहाँले आफ्नो आशिष् फिर्ता लिनुहुनेछ ।
आसाका राजकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा भेला भए, अनि त्यस बेला तिनीहरूले ल्याएको लूटका मालबाट सात सय साँढे र सात हजार भेडाबाख्रा बलिदान चढाए । तिनीहरूले आफ्ना सारा हृदय र प्राणले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोज्न करार बाँधे । सारा यहूदा यो शपथ खाएकाले गर्दा आनन्दित भए, किनभने तिनीहरूले आफ्ना पूरा मनले परमेश्वरलाई यत्नपूर्वक खोजेका थिए । अनि उहाँ पनि तिनीहरूले पाऊन् भनी स्वयम् प्रकट हुनुभयो । यसैले परमप्रभुले तिनीहरूलाई चारैतिरबाट सुरक्षित गर्नुभयो । २ इतिहास १५:१०-१५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति