हामीले ज्योतिलाई हेऱ्यौं भने छाया हाम्रो पछाडि देखा पर्छ, तर ज्योतितिर पीठ फर्कायौं भने छायाले हाम्रो बाटो छेकिदिन्छ । त्यसै गरी मानव-जाति ज्योति हुनुभएका परमेश्वरकहाँ जाँदा अन्धकारले कदापि तिनीहरूलाई रोक्न सक्दैन ।
पिताको युगका यर्मिया र पुत्रको युगका प्रेरितहरूजस्तै, परमेश्वरको महिमाको ज्योति प्रचार गर्ने क्रममा हामीले आफ्नो वरिपरिबाट सतावट र अवरोधहरूको सामना गर्नुपर्ने हुन सक्छ । तर अन्त्यमा हामीले धेरै आशिष् पाउनेछौं ।
पिताको युगमा यशैया, यर्मिया र इजकिएलले यहोवा परमेश्वरको ज्योति प्रचार गरे भने पुत्रको युगमा प्रेरित पावल, पत्रुस र यूहन्नाले येशूज्यूको महिमाको ज्योति प्रचार गरे । त्यसै गरी वर्तमान पवित्र आत्माको युगमा विश्वका १७५ वटा देशहरूमा परमेश्वरको मण्डलीका सन्तहरूले मुक्तिदाताको रूपमा आउनुभएका आन साङ होङज्यू र यरूशलेम स्वर्गीय माताको महिमाको ज्योति चम्काउनेछन् ।
“उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ । हेर्, अँध्यारोले पृथ्वीलाई, र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्कनुहुन्छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्छ । जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन् ।”
यशैया ६०:१-३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति