इस्राएलीहरू मिश्रको दासत्वबाट छुटकारा पाएर,
प्रतिज्ञा गरिएको भूमि कनानमा प्रवेश गर्दा,
मूर्तिपूजा गर्ने योशियाह राजा र हिजकिया राजा परमेश्वरतिर फर्किंदा,
अनि कैदबाट छुटकारा पाएका इस्राएलीहरू परमेश्वरतिर फर्किंदा पनि
निस्तार-चाड केन्द्रबिन्दुमा थियो ।
त्यो समयमा जस्तै, हिजोआज पनि परमेश्वरको मुक्तिको कार्य
निस्तार-चाडद्वारा पूरा भइरहेको छ ।
२,००० वर्षअघि येशूज्यूले आफ्ना चेलाहरूसँगै मान्ने
ठूलो इच्छा गर्नुभएको नयाँ करार निस्तार-चाड
ई.सं. ३२५मा धर्म र राजनीतिक मिलापको कारण
हटाइएर अन्धकारमा लोप भयो ।
तर अगमवाणीअनुसार ख्रीष्ट आन साङ होङज्यूले आउनुभएर
निस्तार-चाडद्वारा मुक्तिको कार्यको नेतृत्व लिनुभयो ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै
यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने
ठूलो इच्छा गरेको थिएँ,”
लूका २२:१५
अब अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने,
“तपाईंको निम्ति निस्तार-चाडको भोज खाने प्रबन्ध हामी कहाँ गरौं ?”
उहाँले भन्नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन,
‘गुरुज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ ।
म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।”
मत्ती २६:१७-१८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति