अब्राहामले, रोटी र दाखमद्यद्वारा आशीर्वाद दिएका मल्कीसेदेकलाई
दशांश चढाए, दाऊदले ‘मल्कीसेदेकको दर्जाअनुसारका
अनन्तका पूजाहारी’ नै परमेश्वर हुनुहुन्छ भनेर अगमवाणी गरे ।
अनि प्रेरित पावलले ‘मल्कीसेदेक विनापिता, विनामाता
र विनावंशावली हुनुहुन्छ’ भन्ने वचनद्वारा मानव-जातिको मुक्तिको निम्ति
पवित्र आत्माको युगमा पुनः आउनुहुने ख्रीष्टको गवाही दिए ।
पुरानो करारका मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा अब्राहामलाई
शारीरिक आशिष् दिएजस्तै येशूज्यूले नयाँ करार निस्तार-चाडको रोटी र
दाखमद्यद्वारा पाप-क्षमा र अनन्त जीवको आशिष् दिनुभयो ।
अनि आन साङ होङज्यूले १,६०० वर्षसम्म हटेको
नयाँ करार निस्तार-चाड पुनर्स्थापना गर्नुभएर
उहाँ मल्कीसेदेकको दर्जाअनुसार आउनुभएका
परमेश्वर हुनुहुन्छ भनेर गवाही दिनुभयो ।
कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा …
अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए ।
… अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए ।
उत्पत्ति १४:१७-२०
तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए ।
… येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि … कचौरा पनि लिएर धन्यवाद दिई …
“किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”
मत्ती २६:१९-२८
सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा ... छिप्पिएको ... मद्यको भोज लाउनुहुनेछ ।
... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । ... त्यस दिन तिनीहरूले यसो भन्नेछन्,
“निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र
उहाँले नै हामीलाई बचाउनुभयो । ...”
” यशैया २५:६-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति