पृथ्वीको यरूशलेमचाहिँ वास्तविकता हुनुभएकी
स्वर्गीय माताको विषयमा थाहा दिनको निम्ति
यस पृथ्वीमा छायाको रूपमा स्थापना गरिएको हो भनेर
बाइबलमा अगमवाणी गरिएको छ ।
तसर्थ धेरै मानिसहरूले भौतिक यरूशलेमको तीर्थयात्रालाई महत्त्व दिनुमा हामी
यरूशलेम माता परमेश्वरकहाँ आउनुपर्छ भन्ने अर्थ समावेश छ ।
धेरै अगमवक्ताहरूले यरूशलेम माताकहाँ फर्किआएमा
मुक्ति पाउन सकिन्छ भनेर अगमवाणी गरेका छन्,
अनि आन साङ होङज्यूले पनि “म मातालाई पछ्याउँछु” भन्नुभयो ।
तसर्थ यदि यहाँहरूले यी वचनहरू पढ्नुभएको र सुन्नुभएको छ भने
परमेश्वरबाट आशिष् पाउनको निम्ति यी शिक्षाहरूअनुसार
माता परमेश्वरकहाँ आउनुपर्छ ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
गलाती ४:२६
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।”
जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।”
जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ
त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
प्रकाश २२:१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति