साल्मन र परेवा जति टाढा गए पनि आफ्नो गृहनगर फर्कन सकेजस्तै,
परमेश्वरले “तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु” भन्नुभएर
मानव-जाति अनन्त स्वर्गीय घर फर्कन सक्ने गरी तिनीहरूका मनमा
नयाँ करारको व्यवस्था राखिदिनुभयो ।
२,००० वर्षअघि येशूज्यूले मानव-जातिलाई स्वर्ग-राज्य प्रदान गर्नको निम्ति
असल बीउ (शबाथ-दिन र निस्तार-चाड) छर्नुभयो ।
तर पछि गएर ती असल बीउहरू लोप भए, र तिनीहरूको ठाउँ सामा
अर्थात् शत्रु दियाबलसले छर्ने मानिसको विधिले ओगट्यो ।
त्यसको बाबजुद परमेश्वरका सन्तानले आत्मामा खोपिएको
नयाँ करार कदापि बिर्संदैनन्, तर त्यसलाई हृदयद्वारा महसुस गर्दै
उनीहरू आत्माको गृहनगर स्वर्गसम्म डोऱ्याउनुहुने
आन साङ होङज्यू र माता परमेश्वरकहाँ आउँछन् ।
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग
र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु ।” ...
परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु,
तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा
त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।”
यर्मिया ३१:३१-३३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति