अखमिरी रोटीको चाडचाहिँ येशू ख्रीष्टले पापीहरूको निम्ति
क्रूसको कष्ट बोक्नुभएको चाड हो । स्वर्गका पापीहरू रहेका
सम्पूर्ण मानव-जातिले ख्रीष्टको उदाहरणलाई पछ्याउँदै
आफ्नो क्रूस बोकेर ख्रीष्टको बाटोलाई पछ्याउँदा,
कष्ट र कठिनाइहरूद्वारा अनन्तताको लालसा गर्न सक्छन् भनेर
परमेश्वरले सिकाउनुभएको छ ।
सुरुको मण्डलीका सन्तहरूले यस पृथ्वीको जीवनपछि
अनन्त जीवन छ भन्ने कुरालाई महसुस गरेकाले
अनन्तताको चाह गर्दै सबै कष्ट, पीडा
र सतावटलाई खुशीसाथ स्वीकारे ।
त्यसै गरी परमेश्वरको मण्डलीका सन्तहरूले पनि
यस पृथ्वीमा आफूले सामना गर्नुपर्ने सबै अवस्थाहरूप्रति
सधैँ धन्यवाद चढाउँछन् ।
परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको भार
मैले देखेको छु । उहाँले हरेक कुरालाई आफ्नो समयमा
सुन्दर बनाउनुभएको छ । उहाँले मानिसका हृदयमा
अनन्तता पनि राखिदिनुभएको छ । ...
उपदेशक ३:१०-११
यसकारण हामी हरेस खाँदैनौं ।
... किनकि हाम्रो हलुको र क्षणभरको
कष्टले हाम्रा निम्ति अतुलनीय तथा
अनन्तको महान् महिमा तयार गरिरहेछ ।
२ कोरिन्थी ४:१६-१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति