सोलोमनले आफूले चाहेजति सबै गरे, तर अन्त्यमा तिनले “सबै व्यर्थ हुन्” भने । अनि अलेक्जेन्डर महान्ले पनि, मृत्युपछि मानिस खाली हात फर्कन्छ भन्ने तथ्यलाई स्वीकारे । तसर्थ हामीहरू यस पृथ्वीको क्षणिक खुशी र आनन्दमा सन्तुष्ट हुने होइनकि परमेश्वरको भय राख्दै, उहाँका आज्ञाहरू पालन गर्दै अनन्त स्वर्ग-राज्यको निम्ति जिउनुपर्छ । स्वर्ग-राज्यमा सधैँभरि उपभोग गर्ने खुशीको निम्ति जिउनु नै जिउने बुद्धिमानी तरिका हो ।
मानवजातिले यस पृथ्वीमा इमानदार भएर जिउँदै, स्वर्गमा परमेश्वरको आशिष् पाउने रोजाइ रोज्नुपर्छ । परमेश्वरको मण्डलीका सन्तहरूले शबाथ-दिन र वार्षिक सात वटा चाडहरू मानेर स्वर्ग-राज्य र अनन्त जीवनको तयारीस्वरूप असल कार्यहरूद्वारा परमेश्वरलाई महिमा चढाउँछन् ।
जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर । “व्यर्थ ! व्यर्थ ! सबै व्यर्थ !” उपदेशकले भन्दछन् । अब सबै कुरा सुनिएका छन्— कुराको निष्कर्ष यही हो । परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर । किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो । उपदेशक १२:७-८, १३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति