पिता, पुत्र र पवित्र आत्माको युग गरी सबै युगमा
जीवनको पानी दिनुहुने व्यक्ति परमेश्वर मात्र हुनुहुन्छ ।
तर केही मानिसहरूले सन्तहरूले जीवनको पानी दिन सक्छन् भन्ने गर्छन् ।
“परमेश्वरबाट पाएको जीवनको पानी पुऱ्याउने कार्य गर्ने सन्तहरूले
“म जीवनको पानी दिन्छु” भन्नु मूर्ख कार्य हो ।
योचाहिँ अरूले पठाएको चिट्ठीलाई हुलाकीले “मैले पठाएको हो” भन्नुजस्तै हो ।
अरूले दिएको कुरालाई आफूले दिएको हो भन्नुको कुनै अर्थ हुँदैन ।
परमेश्वरबाट आएको कुरालाई आफूले दिएको हो भन्यो भने
यसले आफैमाथि ठूलो सराप निम्त्याउँछ ।
परमेश्वरका प्रजा भएका हामीले वर्तमान युगमा
जीवनको पानी दिनुहुने परमेश्वर कस्तो स्वरूपमा आउनुहुन्छ,
बाइबलमा परमेश्वरलाई किन पवित्र आत्मा र दुलहीको रूपमा अभिव्यक्त गरिएको छ
र उहाँहरूले कसरी जीवनको पानी दिनुहुन्छ भन्ने कुरा बुझ्नुपर्छ ।
परमेश्वरको मण्डलीले पवित्र आत्मा आन साङ होङज्यू
र दुलही हुनुभएकी माता परमेश्वरलाई विश्वास गर्छ ।
पवित्र आत्मा र दुलहीले दिनुहुने जीवनको पानीद्वारा
अनन्त जीवन पाउनुहोस् भन्ने चाहन्छौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति