हाम्रो जीवनका समस्याहरूको उत्तर सधैँ परमेश्वरले दिनुहुने भएकोले
हामीले परमेश्वरलाई खोज्नुपर्छ । दाऊद, यहोशापात र हिजकियाले
आशिषित र विजयी जीवन जिउनुको कारणचाहिँ तिनीहरू मानिस वा
भौतिक संसारका कुराहरूमा होइनकि परमेश्वरमा भर परेकाले थियो ।
परमेश्वरले वर्तमान युगमा जिइरहेका हाम्रो निम्ति विगतको इतिहास
बाइबलमा अभिलेख गरिदिनुभयो । यरीहो सहरमाथि विजय गर्दा
र लाल समुद्रलाई दुई भाग गर्दा परमेश्वर सधैँ आफ्ना प्रजाको साथमा
हुनुहुन्थ्यो । यो कुरालाई याद गर्दै, परमेश्वरको मण्डलीका सन्तहरू
जस्तोसुकै कठिन परिस्थितिमा पनि सधैँ परमेश्वरमा भर पर्छन् ।
हिजकियाले यहूदाभरि नै यसरी काम गरे । परमप्रभु आफ्ना परमेश्वरका
दृष्टिमा जे असल, ठीक र विश्वासयोग्य थिए, ती नै तिनले गरे । ...
व्यवस्था र आज्ञाहरू मानेर गरेका सबै काममा तिनले आफ्ना
परमेश्वरलाई खोजे र आफ्ना तनमनले काम गरे ।
अनि तिनी सफल पनि भए ।
२ इतिहास ३१:२०-२१
धेरै मानिसहरूले यरूशलेममा परमप्रभुको निम्ति
भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति
दामी-दामी उपहारहरू ल्याए । त्यसपछि
तिनले सबै जातिहरूद्वारा ठूलो सम्मान पाए ।
२ इतिहास ३२:२३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति