साल्मन समुद्रमा जिउँछ, र त्यसपछि फेरि आफ्नो जन्मथलोमा फर्केर गई त्यहाँ अण्डा पार्छ । त्यो प्रक्रियामा, साल्मन माछाले केही नखाईकन, आफ्नो सञ्चित शक्ति प्रयोग गरेर पीडा सहन्छ । त्यसरी नै हामीले पनि यो संसारबाट सिकेका सबै खराब आदत र व्यवहारलाई त्यागेर नयाँ गरी जन्मिनको लागि पीडालाई जितेर पिता-माता रहनुहुने हाम्रो अनन्त स्वर्गको गृहनगर फर्कन प्रयत्न गर्नुपर्छ ।
बाइबलमा अगमवाणी गरिएजस्तै, जाति-जातिहरू स्वर्गीय यरूशलेम माताको काखमा उडेर आउँदा, परमेश्वरको मण्डलीका सन्तहरूले उहाँको शिक्षाअनुसार सधैँ ‘आमाको प्रेमको भाषा’लाई व्यवहारमा लागू गर्दै सुकर्मद्वारा सारा संसारमा स्वर्गीय यरूशलेम माताको महिमा प्रकट गरिरहेका छन् ।
यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक । रोमी १२:२
उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ । हेर्, अँध्यारोले पृथ्वीलाई, र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्कनुहुन्छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्छ । जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन् । यशैया ६०:१-३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति