हामीले परमेश्वरको व्यवस्थामा आज्ञाकारी हुने जीवन जियौं भने हाम्रो निम्ति सधैँ प्रशस्त आशिष्हरू थुप्रिन्छ । यसकारण परमेश्वरले पिताको युगदेखि स्थापना गर्नुभएको शबाथ-दिन, निस्तार-चाड लगायतका चाडहरूभित्र “ती नभुल, याद राख, अनन्तकाल पालन गर” भन्ने आज्ञा सधैँ समावेश भएको हुन्छ ।
परमेश्वरको व्यवस्था पालन गर्नेहरूले युगैपिच्छे धर्मात्माको रूपमा आशिष् पाउनेछन् भनेर बाइबलमा भनिएको छ । इस्राएलीहरू बेबिलोनको कैदमा परेर लगिएका पनि उनीहरूले परमेश्वरको व्यवस्था पालन नगरेकाले थियो ।
हामीले परमप्रभु हाम्रा परमेश्वरका आज्ञा पालन गरेका छैनौं र उहाँका सेवक अगमवक्ताहरूद्वारा दिइएका नियमहरू पनि मानेका छैनौं । तपाईंको आज्ञापालन गर्न अस्वीकार गरी सम्पूर्ण इस्राएलले तपाईंको व्यवस्था भङ्ग गरेका छन् र तपाईंदेखि टाढ़ा भएका छन् । “यसकारण परमेश्वरका सेवक मोशाको व्यवस्थामा उल्लिखित सराप र शपथ गरिएका फैसलाहरू हामीमाथि खन्याइएका छन्, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं । दानिएल ९:१०-११
त्यसले मेरा विधिहरू पालन गर्छ, र विश्वाससित मेरा नियमहरू पालन गर्छ । त्यही मानिस धर्मात्मा हो । त्यो निश्चय नै बाँच्नेछ, परमप्रभु परमेश्वर भन्नुहुन्छ । इजकिएल १८:९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति