परमेश्वरले मिश्री सेनाहरूलाई लाल समुद्रमा नष्ट गर्नुभएजस्तै,
पुनरुत्थानको दिनमा पापको शक्तिलाई नष्ट गर्नुभएर
मानव-जातिलाई पुनरुत्थानको आशा प्रदान गर्नुभयो ।
योचाहिँ, हामीहरू भौतिक शरीरबाट आत्मिक शरीरमा
परिवर्तन हुनेछौं भनेर येशूज्यू स्वयम्ले देखाइदिनुभएको दिन हो ।
मिश्री सेनाहरू लाल समुद्रमा गाडिएका दिन र इस्राएलीहरू लाल समुद्रबाट
ओबानो भूमिमा अवतरण गरेका दिनचाहिँ आइतबार थियो ।
त्यसैले यस दिनलाई सम्झना गर्नको निम्ति पुरानो करारको समयमा
स्थापना गर्नुभएको अगौटे फलको चाड सधैँ आइतबारमा नै मनाइन्थ्यो ।
अनि यो अगमवाणीअनुसारै येशू ख्रीष्ट सुतिजानेहरूमध्येमा प्रथम फल हुनुभयो,
अनि आइतबारको दिनमा मृतकहरूबाट जीवित भई उठ्नुभयो ।
तर हाम्रो नागरिकता स्वर्गमा छ । त्यहाँबाट आउनुहुने मुक्तिदाता,
अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं ।
उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ,
हाम्रा हीन शरीरलाई आफ्नै महिमाको शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ ।
फिलिप्पी ३:२०-२१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति