ख्रीष्ट आन साङ होङज्यू सन् १९१८मा गणतन्त्र कोरियाको जाङसु-गुन, जन्लाबुग-दोमा अवस्थित खानी गाउँमा जन्मनुभयो । २,००० वर्षअघि येशूज्यूको पहिलो आगमनको समयमा, बोल्न नसक्ने जीवहरूबाट उहाँले सत्कार पाउनुभयो, अनि पूर्वबाट आएका ज्योतिषीहरूले उहाँलाई सुन र सुगन्धित धूपद्वारा दण्डवत् गरे । मानिसको रूपमा दोस्रो पल्ट यस पृथ्वीमा आउनुहुँदा, उहाँले जन्मेको क्षणदेखि नै विभिन्न परीक्षा र कठिनाइहरू भोग्नुभयो ।
सन् १९१८मा, आन साङ होङज्यू जन्मनुहुँदा, पूरै संसारलाई मृत्युको दुस्वप्नतिर धकेलेको पहिलो विश्वयुद्ध समाप्त हुनुअघि नै पृथ्वीमा मृत्युको छाया फेरि पऱ्यो । स्पेनी फ्लूको प्रकोपबाट विश्व जनसंख्याको एक तिहाई संक्रमित भएर ५ करोडदेखि १० करोड मानिसहरूको मृत्यु भयो । ‘मेडिकल नरसंहार’ भनिएको त्यो प्रकोपबाट कोरिया पनि अपवादमा परेन । केही गाउँहरूमा त सबै जना संक्रमित भएकाले मृत शरीरलाई गाड्ने व्यक्तिसमेत भएन । स्पेनी फ्लूबाट कोरियाको जनसंख्यामध्ये ४०%(७६,००,००० जना) संक्रमित भएर १,४०,००० जनाको मृत्यु भयो ।
शैतानले सबै मानव-जातिको जीवनमाथी किन यसरी मृत्युको भोज लगाएको होला ?
२,००० वर्षअघि येशूज्यू जन्मनुहुँदा हेरोद राजाले येशूज्यूलाई मार्नको निम्ति बेथलेहेम र त्यस इलाकाभित्र जन्मिएका सबै बालकहरूको हत्या गरे । त्यसै गरी, पवित्र आत्माको युगमा पनि शैतानले सबै बालकहरूलाई मारेर दोस्रो आगमनका ख्रीष्टको जन्मलाई रोक्न खोज्यो (मत्ती २:१३-१६) ।
तर अन्धकारको शक्तिले सर्वशक्तिमान् परमेश्वरको सुनियोजित उद्देश्य र इच्छामा कदापि बाधा पुऱ्याउन सक्दैन ।
राजा दाऊदको अगमवाणी र अञ्जीरको रूखको दृष्टान्तअनुसार सन् १९१८मा जन्मनुभएका ख्रीष्ट आन साङ होङज्यूले ३० वर्ष पुग्नुभएको सन् १९४८मा बप्तिस्मा लिनुभएर नयाँ करार जीवनको ज्योति चम्काउनुभयो ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बाइबलको अगमवाणीअनुसार दोस्रो पल्ट आउनुभएका आन साङ होङज्यूलाई विश्वास गर्दछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति