एसाव र यहूदा इस्करियोतले लापरवाहपूर्वक बोलेको बोलीद्वारा आशिष् गुमाए, र येशूज्यूको दायाँ पट्टिको डाँकू र दानिएका तीन जना साथीहरूले विश्वाससहितको बोली बोलेकाले परमेश्वरबाट पोखुञ्जेल आशिष् पाए । त्यसै गरी, मुखबाट निस्केको बोली अन्ततः लोप नभईकन इन्साफको दिनमा जस्ताको तस्तै फर्किआउने भएकोले हामीले बोल्नुअघि धेरै सोच्नुपर्छ, र रिसाउनमा धीमा हुनुपर्छ भनेर परमेश्वरले सधैँ शिक्षा दिनुभएको छ ।
हामीहरू स्वर्गबाट पाप गरेर फ्याँकिएका हौं भन्ने कुरालाई महसुस गऱ्यौं भने कुनै कुरामा निराश हुनेछैनौं । बरु उल्टै पवित्र आत्माको युगमा आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरको साथमा रहन सकेको यर्थाथतामा धन्यवादी हुँदै परमेश्वरले दिनुभएको शिक्षाद्वारा सधैँ असल बोली बोलेर आशिषित जीवन जिउन सक्छौं ।
मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ । किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन । ... तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ । ... त्यसले चाहिँ आफूले गरेको काममा आशिष् पाउनेछ ।
याकूब १:१९-२५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति