परमेश्वरले सृष्टि गर्नुभएको मानव-जातिलाई
अझ मूल्यवान् बनाउने कुरा नै ‘नयाँ करार’ हो ।
स्वर्गका स्वर्गदूतहरूले पनि हेर्न लालसा गर्ने
स्वर्गको धन रहेको नयाँ करारको सत्यताचाहिँ
परमेश्वरले केवल स्वर्ग-राज्यलाई उत्तराधिकार गर्न सक्ने
स्वर्गीय प्रजाहरूलाई मात्र प्रदान गर्नुभएको छ ।
परमेश्वरले ‘Made in God’ भन्नुभएको
निस्तार-चाडको रोटी र दाखमद्य खाएर, र पिएर
परमेश्वरको देह र रगत प्राप्त गरेका मानिसहरूले
पाप-क्षमा पाई परमेश्वरको सन्तान बन्न सक्छन् ।
आन साङ होङज्यू र माता परमेश्वर वास गर्नुहुने
सियोनमा अनन्त जीवनको आशिष् प्राप्त गर्न सकिन्छ ।
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्,
जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग
म एउटा नयाँ करार स्थापना गर्नेछु । ...
तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु,
र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु,
र म तिनीहरूका परमेश्वर हुनेछु,
र तिनीहरू मेरा प्रजा हुनेछन् ।”
[यर्मिया ३१:३१-३३]
येशूले तिनीहरूलाई भन्नुभयो,
“साँच्चै, म तिमीहरूलाई भन्दछु, ...
मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ,
र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।”
[यहून्ना ६:५३-५४]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति