परमेश्वरलाई आराधना गर्ने दिन सातौँ दिन शबाथ-दिन हो, जुन हप्ताको दिनहरूमध्ये शनिबार हो ।
शबाथ-दिनचाहिँ आशिष् प्रतिज्ञा गरिएको पवित्र दिन हुनुको साथै परमेश्वरको प्रजाको रूपमा स्वीकार पाउने दिन हो ।
यो दिन दश आज्ञाको चौथो आज्ञाको रूपमा मानव-जातिले अनिवार्य मान्नुपर्ने आराधनाको दिन हो ।
त्यसकारण येशूज्यूले पनि, आन साङ होङज्यूले पनि र माता परमेश्वरले पनि शबाथ-दिन मान्ने उदाहरण देखाइदिनुभयो ।
परमेश्वरले किन कयिनको भेटी इन्कार गर्नुभएर
हाबिलको भेटी मात्र ग्रहण गर्नुभएको होला ?
परमेश्वरले किन पूजाहारी अर्थात् वर्तमान समयका पास्टरहरू जस्ता
हारूनका दुई छोरा (नादाब र अबीहू)लाई नष्ट गर्नुभएको होला ?
त्यसको कारणचाहिँ तिनीहरूले आफ्नो सोचाइअनुसार कार्य गर्दै
परमेश्वरको आज्ञामा अनाज्ञाकारी भएकाले गर्दा हो ।
यसै गरी परमेश्वरको इच्छाअनुसार शबाथ-दिन मानेर
परमेश्वरको आराधना गर्नु नै आशिष्को रहस्य हो ।
अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो
र त्यसलाई पवित्र तुल्याउनुभयो ...
उतपत्ति २:३
“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू ।”
प्रस्थान २०:८
“उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो ।
उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो ।”
लूका ४:१६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति