स्वर्ग-राज्यचाहिँ मृत्यु, पीडा र कष्ट नहुने अनन्त खुशी र हर्षको ठाउँ हो ।
तसर्थ सय वर्षसमेत जिउन नसकिने अवस्थामा हजार वर्ष जिउनेझैँ गरी
हामीले लक्ष्यविनाको जीवन जिउनुहुँदैन, तर स्वर्ग-राज्यको निम्ति जिउनुपर्छ भनेर
परमेश्वरले बताउनुभएको छ ।
२,००० वर्षअघि येशूज्यूले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिलाई जीवन दिनुभएजस्तै,
आन साङ होङज्यू र माता परमेश्वरले हामीलाई घाँसका फूलजस्ता ओइलाउने जीवन होइनकि
अनन्त जीवन जिउनको निम्ति निस्तार-चाड मान्नुपर्छ भनेर सिकाउनुभएको छ ।
हाम्रा सारा दिन तपाईंको क्रोधमा बित्दछन्, सुस्केरामा हामी आफ्ना वर्षहरू बिताउँदछौं ।
हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने, असी पुग्ला । तापनि तिनीहरूको अवधि
कष्ट र शोकमा बित्छ, किनकि आयुचाहिँ चाँड़ै बित्छ, र हामी उड़िजान्छौं ।
भजनसंग्रह ९०:९-१०
किनकि, “सबै प्राणी घाँसजस्तै हुन् र तिनका सबै गौरव घाँसका फूलजस्ता । घाँस ओइलाउँछ,
र फूल झरिहाल्छ, तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ ।” ...
१ पत्रुस १:२४-२५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति