मानिसहरूले आमाको गर्भमा सुनिएको आमाको सोरद्वारा
शान्ति र सान्त्वना पाएजस्तै माता परमेश्वरको सोर सुन्दा
परमेश्वरका सन्तानले आत्मिक शान्ति पाउनेछ ।
२,००० वर्षअघि येशूज्यू एकलैले यसो भन्नुभयो,
“यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् ।”
तर पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वरले
एकसाथ मुक्तिको सोर सुनाउनुभएको छ ।
आन साङ होङज्यूले “यहोशूले मोशालाई पछ्याए, एलीशाले
एलियालाई पछ्याए, पत्रुसले येशूज्यूलाई पछ्याए, मचाहिँ
मातालाई पछ्याउँछु” भन्नुभएको चाहिँ माता परमेश्वरको
सोर सुन्दा मानव-जातिले मुक्ति पाउन सक्ने भएकोले हो ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।”
जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।”
जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ
त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
[प्रकाश २२:१७]
“आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ
म तिमीहरूलाई सान्त्वना दिनेछु । र तिमीहरूले
यरूशलेमको कारण सान्त्वना पाउनेछौ ।”
यशैया ६६:१३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति