इस्राएलीहरूले मिश्रको दासत्वबाट छुटकारा पाएर
स्वतन्त्रताको भूमि कनान प्राप्त गरे ।यहोशूले प्रार्थना गर्दा
सूर्य र चन्द्र अडिएर इस्राएलले विजय हासिल गऱ्यो ।
प्रेरित पावलले, पाप क्षमा गरिदिनुभएर स्वर्ग जाने गराउनुभएका
परमेश्वरलाई धन्यवाद चढाए । यी सबै उदाहरणहरूले
‘परमेश्वरले सधैँ सहयोग गर्दैहुनुहुन्छ’ भन्ने विश्वास लिने
मानिसहरूको निम्ति धन्यवादी हुनुपर्ने अवस्थाहरू
सृजना हुनेछन् भनी दर्शाउँछ ।
संसारमा पनि, जोप्रति धन्यवादी भइन्छ उसको अनुग्रह चुकाउनु
स्वाभाविक हो । हामीलाई स्वर्ग डोऱ्याउनको निम्ति
कहिलेनरम तरिकाले त कहिले कडा तरिकाले
हुर्काइरहनुभएका आन साङ होङज्यू र माता परमेश्वरको
अनुग्रहलाई महसुस गरेर हामीले धन्यवाद चढाउनुपर्छ ।
प्रभुले प्रेम गर्नुभएका भाइहरू, तिमीहरूका निम्ति
हामी परमेश्वरमा सधैँ धन्यवाद चढाउन बाध्य छौं,
किनकि सुरुदेखि नै पवित्र आत्माको पवित्र तुल्याउने कामद्वारा
र सत्यतामाथिको विश्वासद्वारा बाँच्नलाई
परमेश्वरले तिमीहरूलाई चुन्नुभयो ।
२ थेसलोनिकी २:१३
यसकारण यसको निम्ति हामी पनि परमेश्वरलाई निरन्तर
धन्यवाद चढाउँछौं, कि तिमीहरूले हामीबाट सुनेका वचन,
जो वास्तवमा परमेश्वरको वचन हो,सो तिमीहरूले
मानिसको वचनजस्तै होइन, तर परमेश्वरको वचनजस्तै ग्रहण गऱ्यौ...
१ थेसलोनिकी २:१३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति