इस्राएलीहरूले सुनको बाछाको मूर्तिलाई पुजेकाले मोशाले
पहिलो पल्ट पाएको दश आज्ञाका शिला-पाटीहरू फुटाइदिए ।
इस्राएलीहरूले आफ्नो पाप महसुस गरेर पश्चात्ताप गरेपछि,
परमेश्वरले पाप-क्षमाको चिन्हस्वरूप दोस्रो पल्ट दिनुभएको
दश आज्ञाको शिला-पाटी लिएर मोशा तल ओर्लिए ।
यो नै प्रायश्चितको दिनको उत्पत्ति बन्यो ।
कुनै मानिसले पाप गर्छ भने त्यो पाप अस्थायी रूपमा
प्रायश्चितको दिनसम्मै पवित्रस्थान अर्थात् परमेश्वरमा सारिन्छ ।
प्रधान पूजाहारीले महा-पवित्रस्थानमा प्रवेश गरेर
रगत छर्किने धर्मविधि पूरा गरेपछि पाप पूर्ण रूपले क्षमा हुन्छ ।
त्यसै गरी वर्तमान युगमा पनि, महा-पवित्रस्थान हुनुभएकी यरूशलेम
अर्थात् माता परमेश्वरको अनुग्रहविना कसैले पनि पाप-क्षमा वा मुक्ति पाउन सक्दैन ।
“जब हारूनले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीको निम्ति
प्रायश्चित गरिसकेको छ, तब त्यसले जिउँदो बोकाचाहिँ ल्याओस् ।
अनि हारूनले आफ्ना दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस्,
र इस्राएलीहरूका सारा अधर्म, अपराध र पाप स्वीकार गरेर
बोकाको टाउकोमाथि राखिदेओस् । त्यसले ती पापहरू बोकाको टाउकोमा राखेर
त्यसलाई अघिबाट खटाइराखेको मानिसको साथ उजाड-स्थानमा पठाइदेओस् ।
यसरी त्यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्,
र त्यस मानिसले त्यस बोकालाई उजाड-स्थानमा छोडिदेओस् ।”
लेवी १६:२०-२२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति