परमेश्वरको मण्डलीले विपत्तिबाट बचाउने निस्तार-चाड मान्दछ ।
विपत्तिबाट बचाउने निस्तार-चाड
विपत्तिबाट बाँच्ने एकमात्र तरिका भनेकै नयाँ करार निस्तार-चाड मान्नु हो । बाइबलको शिक्षाअनुसार नयाँ करार निस्तार-चाड मान्ने मण्डलीचाहिँ बाइबलको अगमवाणीअनुसार आउनुभएका दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डली मात्र हो ।
मौसम परिवर्तन, भूकम्प, आँधी, अनिकाल र युद्धहरू भइरहन्छन र हत्या रोकिएको छैन ।
यदि यस्ता विपत्तिहरू ममाथि आइलाग्यो भने त्यसबाट उम्कन सक्छु होला ?
युद्ध ! अनिकाल ! भूकम्प !
छोरा-छोरी गुमाएका यी मानिसहरूले उनीहरूको नाउँ पुकार्दै बिलौना गरे । नाङ्गा र भोका यिनीहरूले माटोको खानामाथि भर पर्दै मौनतामा विलाप गरे । हामीहरूचाहिँ कहिले झर्ला भन्ने पनि थाहा नभएको अनिश्चित जलवायु परिवर्तन, भूकम्प, आँधी, युद्ध र अनिकालको डरमा काँपिरहेका छौं ।
विपत्तिमा परेका मानव-जातिको चित्कार सुनिदिनुहोस् ! निस्तार-चाडद्वारा इस्राएलीहरूलाई विपत्तिबाट बचाउनुहुने हे सर्वशक्तिमान् परमेश्वर ! दया गरिबक्सेर विपत्तिबाट बच्ने बाटो देखाइदिनुहोस् । हामीलाई बचाइदिनुहोस् ।
३,५०० वर्षअघि पहिले जन्मेकाहरूलाई नष्ट गर्ने विपत्ति मिश्रको भूमिमा झरेको बेला एक वर्षको पाठो मारेर त्यसको रगत ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरूमा लगाई निस्तार-चाड मानेका परिवारहरूलाई कुनै पनि विपत्तिले छोएन ।
“मैले मिश्रलाई प्रहार गर्दा त्यो रगत (निस्तार-चाडको थुमाको रगत) तिमीहरू रहने घरहरूमा तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन ।” प्रस्थान १२:११-१४
विपत्तिबाट बचाउने परमेश्वरको शक्तिको चिन्ह नै निस्तार-चाड हो । मिश्रमा मनाइएको निस्तार-चाड छाया थियो । येशूज्यूले क्रूसमा टाँगिनुअगि स्थापना गर्नुभएको निस्तार-चाडचाहिँ त्यसको वास्तविकता हो । (लूका २२:२०; मत्ती २६:१७)
येशू ख्रीष्टको अनमोल रगतको प्रतिज्ञामा सहभागी हुने ‘नयाँ करार निस्तार-चाड’ यो युगमा हामीले पालन गर्नुपर्ने निस्तार-चाड हो । तर ई.सं. ३२५मा निकेयाको सम्मेलनमा येशू ख्रीष्टको अनमोल रगतको प्रतिज्ञा गरिएको नयाँ करार निस्तार-चाड पूर्णरूपले हटाइयो ।
धन्न परमेश्वरले “म परमप्रभु हुँ, त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु” (यशैया ६०:२२) भन्नुभएझैँ त्यो समय आएको छ र परमेश्वरको सत्यता, निस्तार-चाड प्रकट भएको छ ।
“वर्तमान समयमा पूरै विश्वमा येशू ख्रीष्टको अन्तिम भोजजस्तै रोटी र दाखमद्यद्वारा निस्तार-चाड मान्ने मण्डलीचाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार प्रचार समाज(महासचिव पास्टर गिम जु छल) मात्रै हो ।”
सारा संसारले विपत्तिबाट बचेर मुक्ति पाउन सक्ने गरी येशूज्यूको अनमोल रगतमा सहभागी हुने एकमात्र तरिका नयाँ करार निस्तार-चाड सुनाउन सक्ने गराइदिनुहोस् ।
बाइबलको अगमवाणीअनुसार आउनुभएका दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डलीमा आउनुभएर नयाँ करार निस्तार-चाड मान्नुभई विपत्तिबाट बचेर अनन्त जीवन पाउनुहोस् भन्ने चाहन्छौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति