२,००० वर्षअघि स्वर्गदूतले “म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार
सुनाउनेछु” भन्दै मूलतः परमेश्वर हुनुभएका येशूज्यू शरीर धारण गरी
यस पृथ्वीमा जन्मनुभएको खबर सुनाए । परमेश्वर आउनुहुँदा
मानव-जातिले पाप-क्षमा पाएर अनन्त स्वर्ग-राज्यमा प्रवेश गर्न सक्छन् ।
हिब्रू अध्याय ९मा “मानव-जातिलाई उद्धार गर्नको निम्ति परमेश्वर दोस्रो पल्ट
देखा पर्नुहुनेछ” भनेर लेखिएको छ । तसर्थ परमेश्वर शरीरमा आउनुभएन भने
मानव-जातिले कदापि मुक्ति पाउन सक्दैनन् । यो अगमवाणीको नायकका रूपमा
आन साङ होङज्यूले यस पृथ्वीमा आउनुभएर अन्धकारमा रहेको सत्यता
प्रकट गरिदिनुभयो र एलियाको मिसनको रूपमा, जीवनको वास्तविकता
हुनुभएकी माता परमेश्वरबारे गवाही दिनुभयो ।
योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए,
किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए । नाउँ दर्ता गराउन तिनी
आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए । मरियम गर्भवती थिइन् ।
... तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई
बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ ।
आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ,
जो ख्रीष्ट प्रभु हुनुहुन्छ ।”
लूका २:४-११
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति