संसारका मानिसहरूले चाहने सबै कुराको आनन्द उपभोग गरेपछि अन्ततः
सोलोमन यस्तो निष्कर्षमा पुगेका थिए : यो पृथ्वीमा भएका सबै कुरा व्यर्थ हुन्
र बतासलाई खेदेको जस्तो मात्र हो । मानव-जातिले आशिष् पाउनको निम्ति
परमेश्वरको भय राख्नुपर्छ र उहाँको वचनमा आज्ञाकारी हुनुपर्छ ।
परमेश्वरका आज्ञाहरू पालन गर्नेहरूलाई परमेश्वरले आशिष् दिनुभएर सबै जातिहरूमध्ये
श्रेष्ठ तुल्याइदिनुहुन्छ । परमेश्वरको वचन पालन गर्दा दक्षिण यहूदाका हिजकिया राजा
र योशियाह राजाले आशिष् पाएजस्तै, आन साङ होङज्यू र स्वर्गीय माताको शिक्षालाई
कार्यान्वयन गरेको परिणामस्वरूप परमेश्वरको मण्डलीलाई सारा संसारमा
प्रशंसा गरिएको छ र उच्च पारिएको छ ।
आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु
आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गऱ्यौ भने,
उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ ।
परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गऱ्यौ भने यी सबै आशिष्
तिमीहरूलाई लाग्नेछन्, र तिमीहरूसाथ रहिरहनेछन् :
व्यवस्था २८:१-२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति