रोमका ३ वटा ठूला पर्वहरू– स्याटर्नालिया,
सिगिलारिया र ब्रुमालिया, र पुँजीवादको उत्पादन रहेको
सान्टा क्लस, येशूज्यूको जन्मलाई स्मरण गर्ने नाउँमा
‘क्रिसमस’मा सबै भित्रियो । तर बाइबलमा,
येशूज्यूको जन्मदिन हिउँदमा होइनकि
वसन्तमा हो भनेर गवाही दिइएको छ ।
ख्रीष्टियान धर्म र रोमको सूर्य देवता पुज्ने धर्मको संयोजनबाट
बनाइएको क्रिसमसचाहिँ साँचो परमेश्वरलाई पुज्ने दिन होइन,
तर अन्य देवतालाई पुज्ने दिन हो र त्यसको परिणामचाहिँ
मुक्ति होइनकि विनाश हो ।
परमेश्वरको मण्डलीले, यस्तो सत्यता जानकारी दिनुभएका
आन साङ होङज्यू र माता परमेश्वरको शिक्षालाई पछ्याउँदै
मानिसको आज्ञा रहेको क्रिसमस होइनकि बाइबलमा
अभिलेख गरिएको परमेश्वरको आज्ञा पालन गर्दछ ।
“ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले,
‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय
मबाट टाढा छ । तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्,
तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्’ ।”
[मत्ती १५:७-९]
यदि हामीले उहाँका आज्ञाहरू पालन गऱ्यौं भने
यसैबाट हामी थाहा पाउन सक्छौं, कि हामी उहाँलाई चिन्दछौं ।
जसले “म उहाँलाई चिन्छु” भन्छ, तर उहाँका आज्ञाहरू
उल्लङ्घन गर्छ, त्यो झूटो हो, र त्यसमा सत्य छैन ।
[१ यूहन्ना २:३-४]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति