परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बाइबलको अगमवाणीअनुसार दोस्रो पल्ट आउनुभएका आन साङ होङज्यूलाई विश्वास गर्दछ ।
२,००० वर्षअघि येशूज्यूका चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनको चिन्हबारे सोध्दा, उहाँले अञ्जीरको रूखको दृष्टान्तबाट शिक्षा लेओ भन्नुभयो ।
“तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।” मत्ती २४:३०-३३
येशूज्यूले अञ्जीरको रूखको दृष्टान्तद्वारा उहाँको दोस्रो आगमनको समयबारे जानकारी दिनुभयो । त्यसोभए, बाइबलमा अञ्जीरको रूखले केलाई जनाउँछ होला ?
पुरानो करारको समयदेखि नै अञ्जीरको रूखले इस्राएल देशलाई जनाउँछ (यर्मिया २४:५) । नयाँ करारको समयमा पनि येशूज्यूले शिक्षा दिनुहुँदा, इस्राएल देशलाई अञ्जीरको रूखसँग तुलना गर्नुभयो (मर्कूस ११:१२-१४, २०-२१) । अञ्जीरको रूखद्वारा सङ्केत गरिएको इस्राएल देशको इतिहासमा येशूज्यूको दोस्रो आगमनको समयसम्बन्धी एउटा रहस्य लुकेको छ ।
“अञ्जीरका हाँगा कलिला भएर रूखले पालुवा फेर्छ” भन्नाले सुकेको अञ्जीरको रूख फेरि जीवित हुन्छ भन्ने अर्थ हो । फेरि भन्नुपर्दा, नष्ट भएको इस्राएल देश पुनर्स्थापन हुन्छ भन्ने अर्थ हो । येशूज्यूको अगमवाणीअनुसार ई.सं. ७०मा रोमी साम्राज्यद्वारा इस्राएल देश नष्ट भयो । इस्राएलीहरूले विश्वभरि छरिएर करीब १,९०० वर्षसम्म प्रवासी जीवन जिउनुपऱ्यो ।
[अञ्जीरको रूखको दृष्टान्तको अगमवाणी पूरा गर्नुभएका ख्रीष्ट आन साङ होङज्यू] दोस्रो विश्वयुद्ध समाप्त भएपछि इस्राएलले आफ्नो स्वतन्त्रताबारे घोषणा गर्दै आफ्नो मातृभूमि प्यालेस्टाइनमा एउटा राज्य स्थापना गऱ्यो ।
फेरि भन्नुपर्दा, येशूज्यूको अगमवाणीअनुसार अञ्जीरको रूख पुनर्जीवित भयो । इतिहासविद्हरूले इस्राएलको स्वतन्त्रताचाहिँ संसारमा कतै पनि नभएको चमत्कार हो भन्छन् । तर त्यो एउटा ऐतिहासिक घटना मात्र थिएन । योचाहिँ परमेश्वरको योजनाअनुसार येशूज्यू दोस्रो पल्ट आउनुभएको कुरा सारा संसारमा घोषणा गर्ने अगमवाणीय चिन्ह थियो ।
सुकेको अञ्जीरको रूख पुनर्जीवित भएजस्तै, सन् १९४८मा इस्राएल देश पुनर्स्थापन भयो । उक्त वर्षमा, येशूज्यूले दोस्रो पल्ट आउनुभएर बप्तिस्मा लिनुभई सुसमाचारको कार्य सुरु गर्नुपर्छ । उहाँले २,००० वर्षअघि स्थापना गर्नुभएको नयाँ करारको सुसमाचार पनि पुनर्स्थापन गर्नुपर्छ । आन साङ होङज्यू नै बाइबलको सम्पूर्ण अगमवाणी पूरा गर्नुभएका दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति