असल र खराबको ज्ञान दिने रूखको फल खाएर गरेको पापको कारण
मर्नुपर्ने भएका मानव-जातिलाई जीवनको फल फेरि खाने
अनुमति दिनुभएको व्यक्ति, र जीवनको फलको वास्तविकता
नयाँ करार निस्तार-चाडद्वारा अनन्त जीवन दिनुभएको व्यक्तिचाहिँ
केवल आन साङ होङज्यू हुनुहुन्छ ।
त्यसैले परमेश्वरको मण्डलीका सन्तहरूले आन साङ होङज्यूलाई
दोस्रो आगमनका ख्रीष्टको रूपमा ग्रहण गरी विश्वास गर्दछन् ।
२,००० वर्षअघि यहूदीहरूले येशूज्यूलाई
एक सिकर्मीको छोराको रूपमा मात्र सोचेर सताएजस्तै
वर्तमान समयमा पनि मुक्ति दिन आउनुभएका
आन साङ होङज्यूलाई विश्वास नगर्ने मानिसहरू धेरै छन् ।
यद्यपि मुक्ति पाउने प्रजाहरू भने जीवनको फलको सत्यता रहेको
नयाँ करार निस्तार-चाडलाई महसुस गरी उहाँकहाँ आउँछन् ।
सर्वशक्तिमान् परमप्रभुले ... छिप्पिएको ... मद्यको भोज लाउनुहुनेछ ।
... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । परमप्रभु परमेश्वरले
सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ । उहाँले सारा पृथ्वीबाट
आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ । परमप्रभुले भन्नुभएको छ ।
त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, ...”
यशैया २५:६-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति