येशूज्यूले छाप्रो-वासको चाडमा दिइने जीवनको पानी नै अन्तिम झरी पवित्र आत्मा हो भन्नुभएको छ । जकरिया, इजकिएल र प्रेरित यूहन्नाजस्ता अगमवक्ताहरूले परमेश्वरको सिंहासन हुनुभएकी स्वर्गीय यरूशलेम माता नै पवित्र आत्माको युगमा मानव-जातिलाई अनन्त जीवन दिनुहुने जीवनको पानीको मूल हुनुहुन्छ भनेर गवाही दिएका छन् ।
परमेश्वरको मण्डलीले “परमेश्वरलाई चिन्ने मानिसहरूले अन्तिम झरी पवित्र आत्मा पाउनेछन्” भन्ने वचनलाई विश्वास गर्दछन् । वर्तमान समयमा आन साङ होङज्यू र माता परमेश्वरले दिनुहुने मुक्ति र छाप्रो-वासको चाडको पवित्र आत्मा प्राप्त गर्न सबै मानव-जाति आउन सक्ने गरी उनीहरूले पहरादारको मिसन वहन गरिरहेका छन् ।
अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो । ... उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् । जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’ ।” तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए । किनकि पवित्र आत्मा अहिलेसम्म दिइएको थिएन, किनभने येशूको महिमा अझसम्म भएको थिएन ।
यूहन्ना ७:२-३९
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
प्रकाश २२:१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति