पुरानो करारको समयमा करारको सन्दूक राखिएको महा-पवित्रस्थानको लमाइ, चौडाइ र उचाइ बराबर थियो । चौडाइ र उचाइ बराबर भएको पवित्र सहर यरूशलेमले दुलही हुनुभएकी माता परमेश्वरलाई जनाउँछ । उहाँ नै जीवनको पानीको स्रोत र महा-पवित्रस्थानको वास्तविकता हुनुहुन्छ ।
आदिमा परमेश्वरले वचनद्वारा आकाशमण्डल, पृथ्वी र तिनमा भएका सबै थोकहरू सृष्टि गर्नुभयो । त्योजस्तै हामीले छाप्रो-वासको चाडको अन्तिम दिनमा “पवित्र आत्मा लेओ” भन्नुभएको वचनमा पनि शक्ति छ भनी विश्वास गर्दै सुसमाचार सुनायौं भने सुरुको मण्डलीको समयको भन्दा अझ शक्तिशाली रहेको अन्तिम झरी पवित्र आत्माको कार्य पूरा हुनेछ ।
तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । त्यसमा परमेश्वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्नहरू तथा बिल्लौर स्फटिकजस्तो चहकिलो थियो ।
प्रकाश २१:९-१६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति