ख्रीष्ट दोस्रो पल्ट आउनुको कारण नै मृत्युलाई नष्ट गरिदिन
अर्थात् मानव-जातिलाई अनन्त जीवन दिएर स्वर्ग लैजानको निम्ति हो भन्ने कुरा
बाइबल र अगमवक्ताहरूद्वारा गवाही दिइएको छ ।
स्वर्गमा मृत्युजन्य पाप गरेका मानव-जातिले अनन्त जीवन पाउन सक्ने
एकमात्र तरिका भनेकै २,००० वर्षअघिजस्तै निस्तार-चाडद्वारा
येशूज्यूको देह र रगत खानु र पिउनु हो ।
मृत्युलाई सदाको निम्ति निलिदिने चाड परमेश्वरले मात्र तयार गर्न सक्नुहुन्छ भन्ने
यशैयाको अगमवाणीअनुसार परमेश्वरको मण्डलीका सन्तहरूले निस्तार-चाडद्वारा
मृत्युलाई नष्ट गरिदिनुभएका आन साङ होङज्यूलाई
परमेश्वरको रूपमा विश्वास गरेर निस्तार-चाड मान्छन् ।
“मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ,
र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।”
यूहन्ना ६:५४
सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू—
छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ ।
... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । ... त्यस दिन तिनीहरूले यसो भन्नेछन्,
“निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं
र उहाँले नै हामीलाई बचाउनुभयो । ...”
यशैया २५:६-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति